आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विराटनगर भन्सारबाट पुससम्म साढे १९ अर्ब राजश्व उठ्यो

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) ४६७ पाठक संख्या

मोरङ , माघ २ : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुससम्म १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस अवधिमा कार्यालयले १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्ष यस अवधिमा १३ अर्ब ८३ करोड ६२ लाख राजश्व संकलन गरेको थियो । गत वर्षको तुलनामा ४१ दशमलव ५४ प्रतिशत राजश्व संकलन गर्न सफल भएको भन्सार कार्यालयले जनाएको छ ।

चालु आर्थिक बर्षमा कार्यालयले वार्षिक ४२ अर्ब ५३ करोड १९ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख मिमांश अधिकारीले जानकारी दिनुभयो । प्रथम अर्धवार्षिकमा भन्सार महसुल ८ अर्ब १२ करोड १ लाख, मूल्य अभिवृद्धि कर १० अर्ब ३६ करोड २६ लाख र अन्तःशुल्क १ अर्ब ८ करोड ९३ लाख रुपैयाँ संकलन भएको छ ।

कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न भन्सार जाँचमा सहज, मालबस्तुको यथार्थपरक मूल्याङ्कन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाई, चोरी निकासी नियन्त्रण तथा गस्तीलगायतबाट प्राप्त भएको जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस