आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयरको मूल्य ७ अंकले घट्यो

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) ४१८ पाठक संख्या

काठमाडौं  , माघ २ :  धितोपत्र बजारमा शेयरको मूल्य बुधबार ओरालो लागेको छ । मूल्य मंगलबार उच्च अंकले बढे पनि त्यो एकदिन टिक्न सकेन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक आज दुई दशमलव ०५ विन्दुले घटेर २५१ दशमलव ५० पुगेको छ ।

बुधबार १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता शेयर ५३ करोड ६ लाख ५१ हजार ४ सय ३५ रुपैयँँमा किनबेच भएको छ । कारोबार भएका कूल ११ उपसमूहमध्ये ३ उपसमूहको शेयर मूल्य वृद्धि भयो । ८ उपसमूहको शेयर भने घटेको छ ।

व्यापार एक दशमलव ८६,जलविद्युत् २२ दशमलव ८३, उत्पादन दुई दशमलव ८९ विन्दुले बढेका छन् । बैंकिङ ५ दशमलव दुई, होटल दुई दशमलव ४४, विकास बैंक १ दशमलव ४१, फाइनान्स दुई दशमलव ३२, निर्जीवन बीमा ११२ दशमलव १८, अन्य १२ दशमलव ६१, लघुवित्त १५ दशमलव ६८ र जीवन बीमा ७३ दशमलव शून्य ४ विन्दुले घटेका छन् ।

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभपलर्स, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, साङ्ग्रिला डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, श्रीराम सुगर मिलका शेयरधनीले कमाएका छन् । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, मिसन डेभपमेन्ट बैंक, बुटवल पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनरका शेयरधनीले गुमाएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस