आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेश अन्दोलनको १२ वर्ष: मधेशीले के पाए, के गुमाए ?

AuthorAP Khabar२०७५ माघ ५, शनिबार (५ साल अघि) ३७६ पाठक संख्या

कपिलवस्तु , माघ ५ : मधेश अन्दोलनले सधै अशान्त रहने चोक चौराहा आजभोलि शान्त रहने गरेको छ । सधैै टयार बालेर अन्दोलन गर्दै पाटी विरोधी नारा लगाउने कार्यकर्ता भेला हुने ठाउँमा आजभोलि विकास निर्माणका कुरा हुने गरेका छन् ।

दोस्रो जनआन्दोलन लगत्तै २०६३ माघमा मधेशमा ठूलो आन्दोलन भयो । मधेश मुलका जनताले सदियौंदेखि आफुहरु राज्यको उत्पीडनमा परी आफ्नो अधिकार सुनिश्चित नहुन्जेल आन्दोलन नरोक्ने भन्दै आन्दोलन चर्काएका थिए । पटक–पटक महिनाैँसम्म मधेशमा आन्दोलन चल्यो ।

आन्दोलनमा ५० जनाभन्दा बढी मधेशी युवाहरुले बलिदान दिए । मधेश अन्दोलनको समयमा कपिलवस्तुको तौलिहवा, पकडी, लवनी, महाराजगंज, बहादुरगंज, चन्द्रौटा र कृष्णनगर लगायतको क्षेत्र प्रभावित भयोे । तत्कालिन मधेशी दलका नेता तथा कार्यकर्ताहरु दिन भारी चौराहामा बसेर अन्दोलन सफल पार्न जुटेका हुन्थे ।

आज मधेश अन्दोलन शुरुवात भएको १२ वर्ष पुगेको छ । मधेश अन्दोलनबाट मधेशीको हक अधिकार स्थापित भएको तत्कालिन मधेश अन्दोलनका अगुवा सतिस चन्द्र गुप्ताले बताउनुहुन्छ । १२ वर्षभित्र पटक–पटक आन्दोलन भइसकेको तराई र मधेशका जनताले पहिचान पाएको बुद्धिजीवीहरुको धारणा छ ।

मधेसका जानकार कृष्ण कुमार चौधरी मधेस आन्दोलनपछि धेरै परिवर्तन आएको बताउनुहुन्छ । उहाँको भनाइलाई आधार मान्ने हो भने ‘मधेसको पहिचान राजनीतिक र संविधान’मा पनि स्थापित भइसकेको छ ।
मधेश आन्दोलन राष्ट्रिय पहिचान, सामाजिक न्याय, स्वाभिमान र राज्यका विभिन्न तहमा उचित अवसर प्राप्तिका लागि मधेश मुलका जनताले स्वतस्फुर्त रुपमा गरेको आन्दोनलले अहिले शान्ति छाएको छ ।

मधेश जनविद्रोह भएको १२ वर्षपछि अहिले मधेशमा स्थिरता आएको छ । मधेशी जनताको जीवनस्तरमा समेत परिवर्तन आएको छ । मधेशी आन्दोलनका क्रममा ज्यान गुमाएहरुको सम्झनामा सिरहाको लहानमा माल्याअर्पर्ण गर्ने कार्यक्रम रहेको छ ।प्रदेश २ सरकारले मधेशको आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएका परिवारलाई राहत वितरण गर्देछ ।

सोही अवसरमा राष्ट्रिय जनता पार्र्टी (राजपा)ले पार्टी कार्यालय बबरमहल अर्थात मधेश भवनमा बलिदानी दिवस मनाउने कार्यक्रम रहेको छ ।तराई मधेश राष्ट्रिय परिषद्ले शनिबार बेलुकी माइतीघर मण्डलामा दीप प्रज्वलन गर्ने कार्यक्रम छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस