आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भरतमोहनलाई भेट्न अस्पताल पुगे प्रचण्ड

AuthorAP Khabar२०७५ माघ ५, शनिबार (५ साल अघि) ३६९ पाठक संख्या

काठमाडौं  , माघ ५ : पूर्वप्रधानन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ ।

चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा  पुस २३ गतेदेखि उपचाररत नेता अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा उहाँले जानकारी लिनुभएको हो ।

अध्यक्ष दाहालले अधिकारीको उपचारमा संलग्न  चिकित्सकसँग स्वास्थ्यस्थिति बुझ्नु भएकाे प्रेस संयाेजक विष्णु सापकाेटाले जानकारी दिनु भएकाे छ  ।

पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।  ८३ वर्षीय अधिकारीले एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार  गर्दै आउनु भएको छ । उहाँकाे उपचारमा डा राजेन्द्र रिजालसहितकाे टाेली सक्रिय  छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस