आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वसाँसद भुसालसहित कांग्रेसका नेता नेकपामा प्रवेश

AuthorAP Khabar२०७५ माघ ५, शनिबार (५ साल अघि) ४२४ पाठक संख्या

काठमाडौं  , माघ ५ : पूर्वसाँसद तीर्थ भुसालसहित नेपाली कांग्रेसका केही नेताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गर्नुभएको छ । चितवनका नेता तथा पूर्वसाँसद भुसाललाई नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले केहीबरेमा पार्टी मुख्यालयमा स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

पूर्वसाँसद भुसालसहितका नेता प्रवेश गर्ने कार्यक्रम अकस्मात तय भएपछि नेकपाका नेताहरु पार्टी मुख्यालय पुग्न दौडधुम गरेका छन् ।
काठमाडौ क्षेत्र नम्बर ९ का प्रतिनिधिसभा सदस्य तथा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले आफू ३ वटा कार्यक्रम छोडेर पार्टी मुख्यालयतर्फ लागेको बताउनु भयो । ‘महासचिवजीले तपाई तुरुन्तै पार्टी कार्यालय जानुस् भन्नुभन्यो, उहाँले जनता समाचारलाई सुनाउनुभयो,‘म मेरो सबै कार्यक्रम छोडेर त्यता जाँदैछु ।’

सांसद तथा कार्यालयसचिव श्रेष्ठले अन्य नेताहरु पनि आफ्नो अन्य कार्यक्रम छोडेर पार्टी मुख्यालयतिर लागेको बताउनु भयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस