आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चीनले हस्तान्तरण गर्यो कोटेश्वर–कलंकी सडक

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ३९२ पाठक संख्या

काठमाडौं  , माघ १४ : काठमाडौं चक्रपथमा पर्ने कोटेश्वर–कलंकी सडक चीनले नेपाल सरकारलाई सोमबार हस्तान्तरण गरेको छ ।

सोमबार बिहान खुमलटारस्थित प्रकृति संरक्षण कोषको भवनमा आयोजित कार्यक्रममा चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले नेपाल सरकारलाई सडक हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, नेपालका लागि चिनियाँ राजदूत यु हाेङ, पूर्वाधार तथा भौतिक योजना मन्त्री रघुवीर महासेठ, सडक विभागका महानिर्देशक, निर्माण कम्पनी सांघाई ग्रुपका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

नेपालकै नमूना सडकको रुपमा हेरिएको सडक कम्पनीले ५ वर्षको अवधिमा निर्माण सम्पन्न गरेको हो । २७ किलोमिटर चक्रपथमध्ये सांघाई कम्पनीले १० दशमलव ३९ किलोमिटर सडक विस्तारको जिम्मेवारी लिएको थियो । चिनियाँ ठेकेदार कम्पनीले चिनियाँ अनुदानको झण्डै ५ अर्ब रुपैयाँ लगानीमा ८ लेन फराकिलो सडक निर्माण गरेको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस