आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विराटनगरमा कर्फ्यु

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ४४१ पाठक संख्या

विराटनगर , माघ १४ : ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–९ तनावग्रस्त बनेको छ ।

बालिकाको मृत्युपछि आक्रोसित बनेका स्थानीयले आधा दर्जन बढी ट्रिपरमा आगजनी गर्दै प्रदर्शनमा उत्रिएपछि स्थानीय प्रशासनले विराटचोकदेखि बेलेपुरसम्म निषेधाज्ञा जारी गरेको छ ।

घटनाले उग्र रुप लिएपछि विराटचौक–बेलेपुरसम्मको तीन किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो । विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाका वावजुद स्थानीयले मृतक वालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेको छन् । आधा दर्जन ट्रिपरमा आगजनीको घटनापछि जिल्ला सुरक्षा समिति मोरङ आकस्मिक बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अर्को आदेश नभएसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाइएको छ । स्थिति तनाबग्रस्त हुँदै गए कर्फ्यू आदेशसमेत जारी गर्नेबारे समेत छलफल भइसकेको सुरक्षा श्रोतले जनाएको छ । निषेधाज्ञाको सूचना गराइएपनि स्थानीयले प्रदर्शनलाई भने जारी नै राखेका छन् ।

सोमबार विहान बिराटचौकबाट सुनदर हरैंचातर्फ गइरहेको ना ३ ख ३३५५ नम्बरको ट्रिपरले ठक्कर दिंदा सुन्दरहरैंचा–९ की ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो । बाटो कट्दै गरेकी बालिकाको ट्रिपरको ठक्करका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाको मृत्यूपछि आक्रोसित बसेका त्यहाका स्थानीयले ठक्कर दिने ट्रिपरसहित उक्त सडक खण्डमा गुडिरहेका अन्य ट्रिपरहरुलाई समेत रोकेर आगजनी गरेका छन् । आगजनीबाट को १ ख ५८३३ र को१ख ६४६३, को १ ख ६५६३ नम्बरको ट्रिपरको मात्रै नम्बर खुलेको छ ।

ट्रिपरमा लागेको आगो निभाउन गएको दमकललाई स्थानीयले अवरोध गरेपछि ट्रिपरहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस