आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारी हिमपातले सञ्चार प्रभावित

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ३७३ पाठक संख्या

बझाङ , माघ १४ : जिल्लामा बाक्लो हिमपात भएपछी बझाङ्गी जनता सञ्चार क्षेत्र बाट बञ्चित भएका छन् । जिल्लाभरि सञ्चालनमा आएको नेपाल टेलिकमको टावरले समेत काम गर्ने छोडेपछी जिल्लामा रहेका सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मी लाई झन बढी समस्या भएको साईपाल एफएमका अध्क्षय बिनोद बहादुर सिंहले बताए ।

जिल्लाभरिका बिजुली छैन भने टेलिकमका टावरहरुले पनि काम गर्न छाडेका छन् । त्यसैगरी यहाँ सञ्चालित ६ रेडियोले प्रसारण सेवा बन्द गरेका छन्  । रेडियोलाई उर्जा आपूर्ति गर्ने सोलार स्टेसनलाई हिउँले ढाकेपछि प्रसारण बन्द गर्नुपरेको रेडियो सेतीका प्रबन्धक रमेश केसीले जानकारी दिए ।

हिमपातले बझाङ जिल्लाका लेकाली भेगको जनजीवन प्रभावित भएको छ । बझाङमा साबिकका दहबगर, भैरवनाथ, पीपलकोट, ब्यासी, कफलसेरी, धमेना, कैलाश काँडा, दौलीचौर, सुर्मा, लेकगाउँ, मौलाली, सैनपसेला, भामचौर, स्याडी, देउलेक मष्टा, भातेखोला, रिलु, मेलबिसौना, दाँतोलामा हिउँ जमेपछि दैनिक घरको कामकाज गर्न निकै घरमा पालेका पशु चौपाया लाई घासपाँत गर्ने लेकाली भेगमा बढी हिमपात भएपछी आफुलाई खाना बनाई खान पनि मुस्किल भएको पथ्थरी बोहराले बताए ।

बोहरा १५ सालदेखी बाह्रैमास लेकाली भेगमा ४ भैसी, मौरी पालन, ब्राखा पालन गरी जीवन बिताउदै आएका छन् । बोहराको लागी बर्खेमास पानीको झरीमा बिताउछन् हिउँदमा हिमपात सँगै खेलिरहेका बोहराको जिवनमा १० बर्ष पछी भारी हिमपात परेको बोहरा बताउँछन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस