आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आँचलले माफ माग्दा पलको चासो

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ४०१ पाठक संख्या

काठमाडौं , माघ १४ : केहिदिन अघि चलचित्र ‘दाल भात तरकारी’को गीत रिलिज कार्यक्रममा नायिका आँचल शर्माले मिडियासामु माफि मागिन् । पत्रकारलाई अन्तर्वार्ताको लागि समय नदिएपछि सार्वजनिक कार्यक्रममा नै उनले माफी माग्नु प¥यो ।

आँचलले माफी मागेपछि उनका फ्यानहरुले पत्रकारलाई निकै नै गाली गरे भने सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी पनि भयो । चर्चाकै क्रममा आँचलका ब्वाइफ्रेन्ड भनेर चिनिएका नायक पल शाहले पनि आँचलको पक्ष लिदैँ सामाजिक सञ्जालबाटै उनको बचाउ गरे ।

उसै त नायिका आँचल शर्मा र नायक पल शाहको प्रेमको चर्चा बजोडले चल्ने गर्छ, त्यसमाथी झन् पलको स्टाटसले उनीहरुको प्रेमको विषयले गज्जबको मोड लिएको छ । पलले आफ्नो स्टाटसमा ‘कलाकारसँग कसरी बोल्ने भन्ने पनि सिक्ने की ?’ भन्दै प्रश्न गरेका थिए । उनको यो स्टाटसले रङ्ग क्षेत्रमा अर्को तरङ्ग पैदा भएको छ ।

पल र आँचलका फ्यानहरुले पलको यो स्टाटसलाई ब्यापक सेयर गरेका छन् भने पलले ठिक कुरा गरेको टिप्पणी गरिरहेका छन् । अरु जे–जसो भएता पनि कलाकार र पत्रकारविचको यो विवादले समग्र रुपमा नेपाली चलचित्र क्षेत्रलाई नै अधोगतितर्फ धकेल्ने निश्चितप्राय छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस