आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘क्याप्टेन’को ट्रेलर शुक्रबार

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ४८६ पाठक संख्या

काठमाडौं , माघ १४ : अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को ट्रेलर आगामी शुक्रबार सार्वजनिक हुने भएको छ । चलचित्र निर्माण टीमले सोमबार एक पोस्टर सार्वजनि गर्दै चलचित्रको ट्रेलर सार्वजनिक हुने जानकारी गराएको हो ।

दर्शकमाझ प्रतिक्षित चलचित्रको ट्रेलरलाई पनि दर्शकले उत्तिकै चासोका साथ कुरिरहेका छन् । चलचित्रमा अनमोल केसीको जोडीको रुपमा नव अभिनेत्री उपासना सिंह ठकुरी रहनेछिन् । चलचित्रमा अनमोल केसीले फुटबल टिमको क्याप्टेनको भुमिका निर्वाह गरेका छन् ।

यसअघि चलचित्रको ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएको थियो । गीतलाई दर्शकहरुले एकदमै मनपराएका छन् । गीतमा अनमोल र उपसनाको गज्जबको केमेस्ट्री देख्न सकिन्छ । गीतलाई आजसम्म ५३ लाख भन्दा धेरैपटक हेरिसकिएको छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको चलचित्रको निर्माता अनमोलपिता भुवन केसी हुन् । जिया केसीको कार्यकारी निर्माणमा तयार भएको चलचित्रमा सुदिप बरालको सिनेम्याटोग्राफी र सामिप्यराज तिमल्सिनाको कथा छ । चलचित्रमा अनमोल र उपासनाको साथमा सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, राजराम पौडेल, बुद्धि तामाङ लगायतका कलाकारहरुको मुख्य भुमिका छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस