आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युएईद्धारा नेपालसामु २ सय ५५ रनको लक्ष्य

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ४७५ पाठक संख्या

काठमाडौं , माघ १४ : तीन एक दिवसीय क्रिकेटको अन्तिम खेलमा युएईले नेपाललाई २ सय ५५ रनको विजयी लक्ष्य दिएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले यूएईका ब्याट्सम्यानलाई शुरुमा केही दवाबमा राख्ने प्रयास गरेपनि पछिल्ला क्रमका ब्याट्सम्यानले खुलेर खेल्दा यूएईले विशाल लक्ष्य तयार पा¥यो । खेलको दश ओभरसम्म ठूलै दबावको सामना गरेको यूएईले त्यसपछि आफ्नो क्रिजलाई सामान्य अवस्था ल्याउँदै नेपालका बलरमाथी हावी भयो ।

यूएइले २ सय ५४ रन बनाउन मात्र ६ विकेट खेर फाल्यो । यूएईका साइमर अन्वारले शतकिय पारी खेले । सपी रिजवानले ४५, मोहम्मद उस्मानले २६ र घुलाम सब्बेरले २६ रन बनाए । नेपालका पारस खडका र करन केसीले २–२ विकेट लिदा सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस