आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बन्ने भयो मोदीको बायोपिक, यी हुनेछन् मोदीको भूमिकामा

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ४५६ पाठक संख्या

काठमाडौैं , माघ १४ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक बन्ने भएको छ । फिल्ममा विवेक ओबराए नरेन्द्र मोदीको भूमिकामा देखिने पक्का भएको छ । फिल्मको सुटिङ अहमदाबादमा शुरु भईसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय ट्रेड एनालिस्ट तरण आदर्शले सुटिङको एक फोटो सार्वजनिक गरेका छन् ।

फिल्मको सुटिङ भारतका विभिन्न स्थानमा गरिने भएको छ । फिल्मको तयारी पछिल्लो २ वर्षदेखि चलिरहेको थियो । यसभन्दा अघि नरेन्द्र मोदीको भूमिका परेश रावलले गर्ने भन्ने चर्चा चलेको भएता पनि अन्त्यमा फिल्मको विवेकलाई कास्ट गरेका थिए । विवेक पनि नरेन्द्र मोदीको भूमिका गर्न पाउँदा एकदमै खुशी छन् ।

भारतमा पछिल्लोसमय राजनीतिक व्यक्तिकाे बायोपिक धमाधम बन्न थालेका छन् । यसअघि पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बायोपिक ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ र शिवसेनाका संस्थापक बाल ठाकरेको फिल्म ‘ठाकरे’ पनि रिलिज भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस