आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीकाे बधाई

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ३८४ पाठक संख्या

काठमाडौं , माघ १५ : प्रधानमन्त्री केपी ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिनुभएको छ । मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा बधाई दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रूपमा देखिएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिनेमा प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

KP Sharma Oli@PM_Nepal

एक दिवसीय क्रिकेट श्रृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वधाई ! अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ। खेलकूद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।

बधाई सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ– ‘एक दिवसीय क्रिकेट शृङ्खला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई । अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रूपमा देखिएको छ, खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।

नेपालले सोमबार यूएईमा जारी तीन खेलको शृङ्खला २–१ ले जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस