आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारद्वारा २८ सय ७ सुरक्षाकर्मी शहीद घोषणा

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ४२९ पाठक संख्या

काठमाडौं  माघ १५ :  सरकारले द्वन्द्वकालमा मारिएका २८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।

सशस्त्र प्रहरीको १८औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले शहीद दिवसको अवसरमा यस्तो घोषणा गरिएको बताउनुभयो ।

सबैभन्दा धेरै नेपाल प्रहरीका १ हजार ४४८, नेपाली सेनाका १ हजार १८, सशस्त्र प्रहरीका ३१८ र राष्ट्रिय अनुसन्धानका २३ जनालाई शहीद घोषणा गरिएको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस