आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतका पूर्व रक्षामन्त्री फर्नान्डिजको निधन

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ४७० पाठक संख्या

नयाँदिल्ली , माघ १५ :  भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिजको निधन भएको छ । ८८ वर्षको उमेरमा मङ्गलबार उनको निधन भएको हो । ‘म उनलाई भेट्न नयाँदिल्ली जाँदै थिएँ, बाटैमा यो खबर पाएँ,’ कर्नाटकमा रहेका फर्नान्डिजका भाइ माइकल फर्नान्डिजले बीबीसीसँग भने, ‘उनलाई फ्लु भए पनि अवस्थामा सुधार आइरहेको थियो । तर, बिहान ६ बजेदेखि उनको स्वास्थ्य बिग्रिँदै गएकाले अस्पताल लगिएको थियो ।’

भारतीय राजनीतिमा फर्नान्डिजको परिचय सन् १९६७ मा हुन पुग्यो, जब उनले बम्बई दक्षिणको लोकसभा सिटमा काङ्ग्रेसका नेता एसके पाटिललाई पराजित गरे । त्यसैबेला उनलाई एउटा उपमा दिइयो– ‘जर्ज द जायन्ट किलर’ भनेर । कतिपय पत्रकार उनलाई बम्बईको बाघ पनि भन्ने गर्थे ।

 

प्रतिक्रिया दिनुहोस