आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘गोपी’ हेरेपछि कसले के भने ?

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ५२० पाठक संख्या

काठमाडौं , माघ १५ :  गाईपालनको विषयलाई समेटिएको चलचित्र ‘गोपी’को ग्र्याण्ड प्रिमियर भएको छ । राजधानीको कुमारी हलमा भएको प्रिमियरमा चलचित्रकर्मी, राजनीतिक दलका विशिष्ट ब्यक्तित्व र सञ्चारकर्मीको बाक्लो उपस्थिती थियो । चलचित्र हेरिसकेपछि चलचित्रकर्मीहरुले यस्तो प्रतिक्रिया दिएका छन् ।

संगीतकार अर्जुन पोखरेलः ‘गोपी’ले स्वरोजगार र स्वदेशमै बस्नुपर्छ भन्ने सन्देश दिएको छ । मैले पनि संगीतको गाईपालन गरेको छु, म पनि एउटा गोपी हुँ । मैले ‘गोपी’मा आफुलाई पाएँ । समग्रमा फिल्म मलाई एकदमै मनपर्यो ।

निर्माता दीपकराज गिरीः ‘गोपी’ हेर्नको लागि छुट्टै दृष्टिकोण बोकेर आउनुपर्छ । किसानहरुलाई गर्भ गर्न लायक एकदमै बलियो विषयबस्तु छनौट गरिएको छ । किसानहरुको मनोबल उच्च बनाउने र विदेश नगई नेपालमै केहि गर्न सकिन्छ भन्ने विषयबस्तुलाई फिल्ममा राम्रोसँग पस्किएको छ । त्यो हिसाबले सिनेमा सफल छ ।

निर्देशक दीपाश्री निरौलाः मेरो घरमा काली गाई थियो, त्यसको झलझली याद आयो । आजभन्दा ३५ वर्ष अगाडीको संसारमा पुगेँ म । विषयबस्तु अनुसार फिल्म कलात्मक छ । शुभकामना ।

हास्यकलाकार केदार प्रसाद घिमिरेः चलचित्रको विषयबस्तु एकदमै मनपर्यो । हाम्रो देशलाई कृषिप्रधान भनिएता पनि अहिले पासपोर्टप्रधान भईसकेको छ । कृषकले भोग्नुपरेका समस्या र उनीहरुको भोगाईको विषयबस्तुलाई एकदमै जोडदारका साथ उठाईएको छ ।

हास्यकलाकार जितु नेपालः म गाई पालेको र गाईको दुध दुहेको मान्छे हुँ । यो फिल्म नेपाल सरकार अन्र्तगतको कृषि मन्त्रालयले बनाउनुपर्ने फिल्म हो । अब कृषि मन्त्रालयसँग के छ भन्दा ‘गोपी’ फिल्म छ भन्ने हुन्छ ।

नेतृ नविना लामाः फिल्म एकदमै राम्रो छ । नेपाली युवाहरुलाई सकारात्मक प्रेरणा र उर्जा दिने किसिमको फिल्म छ । नेपालमा थुप्रै सम्भावनाहरु छन् भन्ने मुख्य सन्देश फिल्मले दिएको छ । त्यसैले पनि फिल्म एकदमै मनपर्यो ।

माघ १८ गतेबाट देशब्यापी रुपमा प्रदर्शनको तयारीमा रहेको चलचित्रमा दिपेन्द्र लामाको कथा तथा निर्देशन छ । आरोही केसीको निर्माणमा बनेको चलचित्रको कार्यकारी निर्माताको रुपमा श्रीधर पौडल छन् । सामिप्यराज तिमिल्सिनाको पटकथा रहेको चलचित्रमा शैलेन्द्र डि कार्कीको सिनेम्याटोग्राफी र निमेश श्रेष्ठको सम्पादन छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस