आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ह्वावेईविरुद्ध अमेरिकामा मुद्दा, चीन-अमेरिका द्वन्द्वको खतरा

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ३९७ पाठक संख्या

एजेन्सी  , माघ १५ :  अमेरिकाको न्याय मन्त्रालयले चिनियाँ मोबाइल कम्पनी ह्वावेई र उसको मुख्य वित्तीय अधिकारी मङ वान्जूविरुद्ध मुद्दा दायर गरेको छ । यससँगै चीन र अमेरिकाबीच द्वन्द्व बढ्ने खतरा देखिएको छ ।

अमेरिकाले ह्वावेईविरुद्ध बैंकमा ठगी गरेको, न्यायमा बाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको आरोप लगाएको छ। यही आरोपमा मङ वान्जूलाई गत महिना क्यानडाको भ्यान्कुभर विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो। वान्जूलाई इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्ध उल्लंघन गरेको आरोप पनि लगाइएको छ।

ह्वावेईका संस्थापककी छोरी वान्जूलाई नियन्त्रणमा लिएयता चीन, क्यानडा र अमेरिकाबीचको अन्तर्देशीय सम्बन्ध झन् तनावपूर्ण बन्दै गएको छ ।

 जनता समाचार

प्रतिक्रिया दिनुहोस