आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रोहितले सलमानका साथ ‘एक्सन फ्लिम’ बनाउने

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ३९३ पाठक संख्या

माघ १५ : बलिउड फिल्म निर्देशक रोहीत शेट्टी यतिबेला फिल्म ‘सिम्बा’ सफल व्यापारका कारण निकै नै खुसी छन् । डिसेम्बर २८ मा रिलिज भएको फिल्म ‘सिम्बा’ ले प्रदर्शनका १ महिनामा २५० करोडको व्यापार गरिसकेको छ ।

फिल्म ‘सिम्बा’ रोहीत शेट्टीको यस अघिको फिल्म ‘सिंघम’ सिरिजको तेस्रो भाग हो । यस फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा देखिएका छन् । यस फिल्मको सफलतासँगै रोहीत उनको अरु प्रोजेक्टको तयारीमा लागि सकेका छन् ।

रोहीत शेट्टीले फिल्म ‘सिंघम’ को चौथो सिरीज ‘सूर्यवंशी’ मा अभिनेता अक्षय कुमारलाई मुख्य अभिनेताको रुपमा लिइसकेका छन् । निर्देशक रोहीत शेट्टीले उनको नयाँ फिल्ममा अभिनेता सलमान खानलाई कास्ट गर्ने बताइएको छ ।

रोहीत सलमान खानकासाथ फिल्म निर्माण गर्न चाहिरहेका छन् । जसमा उनलाई साजिद नाडियाडवालाले साथ दिनेछन् । रोहीत र साजिदलाई सलमान खानको ‘किक’ फिल्ममा रहेको देवीलाल सिंह ‘डेविल’ को भूमिका मन परेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमले बताए अनुसार यो फिल्म एक्शनले भरपुर हुनेछ । अहिले सलमान खान फिल्म ‘भारत’ को छायांकनमा व्यस्त छन । त्यस पछि उनी फिल्म ‘दबंग ३’ को काम सुरु गर्नेछन् ।रोहीत शेट्टी पनि अहिले फिल्म ‘सूर्यवंशी’ को छायाकंनमा व्यस्त छन् । यि सबै फिल्मको काम सकिए लगत्तै रोहीत र सलमानले नयाँ फिल्मको काम सुरु गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस