आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘तराजुमा प्रेम’ उपन्यास सार्वजनिक

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) १०५० पाठक संख्या

काठमाडौं , माघ १५ : गीतकार एव् साहित्यकार प्रविन दाहालद्वारा लिखित ‘तराजुमा प्रेम’ उपन्यास बजारमा आएको छ। बुलबुल पब्लिकेशनद्वारा प्रकाशित उपन्यास वरिष्ठ साहित्यकार प्राध्यापक डा. कृष्णहरी बराल, सान्तिराम दाहाल, उपन्यास सम्पादक भुवनहरी सिग्देल, समालोचक एवम् साहित्यकार महेश क्षितिज कार्की, समाजसेवी एवम् गायिका सबिना कार्कीलगायतले शनिबार संयुक्तरुपमा विमोचना गर्नुभएको छ ।

‘तराजुमा प्रेम’ कवितात्मक शैलीमा लेखिएको रहस्य, कौतुहल, सरलता र मिठासले भरिएको उपन्यास भएको उपन्यास विमोचनपछि साहित्यकार बरालले निष्कर्ष निकाल्नुभएको हो । उहाँको उपन्यासले युवा पुस्तादेखि सबै उमेर समूहका पाठकलाई गहिराइमा पुर्‍याउने बिश्वास छ ।

बरालले भन्नुभयो, ‘निरन्तरता र इमान्दारीले प्रेम प्राप्ति सम्भव छ भन्ने सन्देश यो उपन्यासको कथाले पुष्टि गरेको छ। यो कथा पढ्ने पाठक कहिले रुन्छन्, कहिले मुस्कुराउँछन् त कहिले रोमाञ्चित बन्छन् आफैसँग।’ वरिष्ठ रेडियोकर्मी एवं उपन्यास प्रकाशक बुलबुल पब्लिकेशनका निर्देशक अच्यूत घिमिरेले ‘तराजुमा प्रेम’ उपन्यासले प्रेमको यथार्थ र परिभाषा बदल्ने शक्ति राख्ने बताउनुभयो । इलामदेखि राजधानी हुँदै भारतदेखि अमेरिकासम्म बगेको उपन्यासले पछिल्लो समयका पुस्ताले गरिरहेको प्रेम र यथार्थको सन्देश समेत बोकेको लेखक दाहालको भनाइ छ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस