आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयरको मूल्य फेरि घट्यो

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ९६९ पाठक संख्या

काठमाडौं  , माघ १५ : धितोपत्र बजारमा शेयरको मूल्य मंगलबार पनि घटेको छ । कारोबार मापक नेप्से परिसूचक ३ दशमलव ८९ विन्दुले घटेर १ हजार १६० दशमलव ९९ मा झरेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ७८ विन्दुले घटेर २४६ दशमलव ४७ पुगेको छ ।

मंगलबार १ सय ६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर ३० करोड ८ लाख १४ हजार ३ सय ८७ रुपैयाँमा किनबेच भएको छ । कारोबार भएका १० उपसमूहमध्ये ३ उपसमूहको शेयर बढेको छ ७ उपसमूहको शेयर घटेको छ ।

बैंकिङ ३ दशमलव १७, होटल १ दशमलव ६९, विकास बैंक ३ दशमलव ०७, जलविद्युत् १३ दशमलव ८५, निर्जीवन बीमा ६० दशमलव २३, लघुवित्त ६ दशमलव १२ र जीवन बीमा १६ दशमलव ७५ विन्दुले घटेका छन् । यस्तै वित्त १ दशमलव २८, उत्पादन ६ दशमलव ६ र अन्य उपसमूह १ दशमलव २९ ले बढेका छन् ।

शेयरको मूल्य पनि सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ प्रतिशत बढी आम्दानी गरेका छन् । यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, महिला सामुदायिक लघुवित्त वित्तीय संस्था, गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि कमाएका छन् ।

तर जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा बढी ८ प्रतिशतले गुमाएका छन् । मिथिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कन्काई विकास बैंकका लगानीकर्ताले ४ प्रतिशत बढी गुमाएका छन् । त्यस्तै ललितपुर फाइनान्स, नागबेली लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, ङादी ग्रुपका लगानीकर्ताले ३ प्रतिशत बढी गुमाएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस