आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

समग्र उद्योग टे«ड यूनियन नेपाललेको ४० औ वार्षिक साधारण सभा सिमरामा सम्पन्न

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ३७२ पाठक संख्या

AP डेस्क
जीतपुर, माघ १५ : समग्र उद्योग टे«ड यूनियन नेपाललेले सरकारले श्रम ऐन ल्याएपनि त्यसको प्रभावकारी कार्यन्वयन हुन नसकेको भन्दै प्रदेश स्तरमा श्रम कार्यालय स्थापना हुनुपर्ने माग गरिएको छ ।

जिफन्डकी उपाध्यक्ष मञ्जु थापाले प्रत्येक प्रदेशमा श्रम कार्यलय स्थापना हुनपर्ने माग गर्नुभएको छ । बाराको सिमरामा उद्योग धन्दा ( औपचारिक क्षेत्र) मा कार्यरत मजदुरहरुको संस्था समग्र उद्योग टे«ड यूनियन नेपाललेले आफ्नो ४० औ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले श्रमऐनको प्रभावकारी कार्यन्वयनका लागि केन्द्र, प्रदेश र स्थानिय तहका स्पष्ट कार्य विभाजन हुनुपर्ने माग समेत गर्नुभएको छ । जिफन्ड कार्यालयमा मंगरवार आयोजना गरिएको सो कार्यक्रममा जिफन्डका संस्थापक अध्यक्ष ललित वस्नेत, जिफन्डका उपमहासचिव तथा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, जिफन्ट प्रदेश नं २ अध्यक्ष कमलेश झा, र सदस्यहरु तारादेवि पौडेल, अमर यादव, राबहादुर कट्टवाल, निर्वतमान उपाध्यक्ष अमृतलाल श्रेष्ठ, केन्द्रिय कमिटि सदस्य गिता भण्डारी, लगायतले मन्तव्य राख्नुभएको थियो ।

मन्तब्य राख्ने क्रममा उहाँहरुले श्रम ऐनको प्रभावकारी कार्यन्वयन हुनुपर्ने माग समेत गनुृभएको थियो । कार्यक्रममा जिफन्टका केन्द्रिय सदस्य मुक्ती चौधरीले स्वागत मन्तव्य राख्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस