आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आँचल भन्छिन्– ‘पलसँग विवाह हुदैँ हुदैँन’

AuthorAP Khabar२०७५ माघ १६, बुधबार (५ साल अघि) ४२४ पाठक संख्या

काठमाडौं , माघ १६ :  नायिका आँचल शर्मा र चललेटी नायक पल शाहको प्रेमको विषयमा चर्चा भइरहन्छ । मिडियामा पनि उनीहरुको प्रेमसम्बन्धको बारेमा ब्यापाक रुपमा चर्चा चल्छ । यद्यपि उनीहरुले आफुहरुबीच प्रेमसम्बन्ध नभएको बताउँदै आएका छन् ।

पल र आँचलको प्रेमको कुराले निरन्तरता पाइरहँदा नायिका आँचल शर्माले आफुहरुबीच प्रेमसम्बन्ध नरहेको पुनः दोहो¥याएकी छन् । एक मिडियासँगको कुराकानीमा आँचलले पलसँग विवाहको सम्भावना पनि नभएको बताएकी छन् । तपाईँ र पलको विवाहको सम्भावना कति प्रतिशत छ भन्ने प्रश्नको जवाफमा नायिका शर्माले ‘१ प्रतिशत पनि छैन’ भन्ने जवाफ दिएकी हुन् ।

आफ्नो कुरालाई थप स्पस्ट पादै शर्माले थपिन्, ‘हामीबीच साथीबाहेक अरु किसिमको सम्बन्ध नै छैन, कल्पनामा पनि नसोचेको कुरा हो ।’ आफुहरुबीच ब्यक्तिगत रुपमा विवाह गर्ने सम्मको सम्बन्ध भईनसकेको आँचलको तर्क छ । यद्यपी दर्शकहरुले केमेस्ट्री मनपराएकोमा खुसी ब्यक्त गरिन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस