आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्रिकेट रंगशाला निर्माणको घोषणा हुँदै

AuthorAP Khabar२०७५ माघ १६, बुधबार (५ साल अघि) ४३२ पाठक संख्या

काठमाडौं , माघ १६ :  भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा बुधबार हुँदैछ ।प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा चितवनका सांसद प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले बुधबार राष्ट्रिय सभागृमा धुर्मुस सुन्तलीको अभियानमा ऐक्यबद्धता जनाउँदै रंगशाला निर्माणको घोषणा गर्ने धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिनुभयो ।

चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो । रंगशाला निर्माणको घोषणा भएसँगै देश विदेशबाट सहयोग संकलन सुरु गरिने फाउण्डेसनका अध्यक्ष कट्टेलको भनाई छ ।

चार महिनामा रंगशालाको डीपीआर तयार हुने बताइएको छ । त्यसपछि शिलान्यास हुनेछ र २ वर्षभित्र नेपालले पहिलो आधुनिक क्रिकेट रंगशाला चितवनमा पाउनेछ । रंगशालामा क्रिकेटमात्र नभएर अन्य खेलहरु पनि खेल्न मिल्नेगरी बहुआयामिक बनाईनेछ ।

गएको वर्षको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनोटमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालमा सुविधासम्पन्न रंगशालाको माग गरी समर्थकहरुले अभियान नै चलाएका थिए ।

घोषणा कार्यक्रम दिउँसो १ः३० बजे हुने फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस