आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सामा आलुको उत्पादनमा बृद्धि

AuthorAP Khabar२०७५ माघ १७, बिहिबार (५ साल अघि) २६१ पाठक संख्या

AP डेस्क
जीतपुर, माघ १७  : पर्सामा अघिल्लो वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा बुद्धि भएको छ । आलु गतवर्षको तुलनामा यस वर्षमा यहाँ २ हजार ८ सय ४० टन आलु् बढी फलेको हो ।

आलु बढी फलेपछि यहाँका किसान खु्शी भएका छन् । कृषी ज्ञान केन्द्र पर्साका अनु्सार जिल्लामा यसवर्ष किसानले १ हजार १ सय ५० हेक्टरमा आलु रोपेका थिए । त्यसबाट २३ हजार टन अर्थात् ३६ करोड ८० लाख रुपैयाँ बराबरको उत्पादन भएको छ ।

गतवर्षको १ हजार १ सय २० हेक्टरमा आलुखेती रोपिएको थियो । त्यसबाट २० हजार १ सय ६० टन आलु उत्पादन भएको थियो । उत्पादित आलु गतवर्ष भन्दा ४ करोड ५४ लाख ४० हजार रुपैयाँ मूल्य बराबले बढी हो ।

‘यसवर्ष आलु निकै फल्यो, निकै खुशी छौ’ महानगरपालिका–३२ का किसान रेयाजुल अंसारीको भनाई छ । उहाँले मौषमले साग दिएकै कारण यसपालिको उत्पादन राम्रो भएको बताउनुभएको छ ।

किसानले आलु समयमै रोपेको र तराईको जिल्लामा यस वर्ष अधिक जाडो नपरेका कारण आलुको उत्पादनमा बृद्धि भएको ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस