आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्र प्रहरी जीतपुरद्धारा ३ लाख मुल्य बराबरको ५ हजार चल्ला बरामत गरी नष्ट

AuthorAP Khabar२०७५ माघ १७, बिहिबार (५ साल अघि) ४४२ पाठक संख्या

AP डेस्क
जीतपुर, माघ १७ : सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प जीतपुरले करिब ३ लाख मुल्य बराबरको अबैध भारतीय कुखुराको चल्ला सहित ३ जनालाई पक्राउ गरेको छ । बिहिवार बिहान सशस्त्र प्रहरी बलको गस्ति टोलीले चेकजाँचको क्रममा भारतबाट अबैध रुपमा नेपाल ल्याइरहेको अवस्थामा चल्ला बरामत गरी नष्ट गरेको छ ।

विशेष सुचनाको अधारमा खटिएको टोलिले जितपुर सिमरा उपमहानगरपालिका वडा न ७ बाट करिब ३ लाख बराबरको सो चल्ला पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बेस जितपुर सशस्त्र प्रहरी निरीक्षक रामबहादुर बस्नेतले जानकारी दिनुभएको छ । उहाँले परवानिपुरबाट हेटौडा गइरहेको ना ५ ख ६५०९ नम्बरको मिनि ट्रकमा चेकजाच गर्दा ५ हजार चल्ला, आनटेष्ट १ थान मोटरसाइकल र ३ जना ब्यक्ति पक्राउ गरिएको समेत जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले स्थानिय अगुवा, पशु क्यारेन्टाईन पथलैयाका प्रतिनिधी र संचारकर्मिको रोहबरमा बरामत गरीएको चल्ला खाल्डोमा नष्ट गरेको छ भने पक्राउ परेका ट्रक, मोटरसाईकल र ३ जनालाई विरगंज भन्सार कार्यालय पाठाएको छ ।

प्रतिक्रिया दिनुहोस