आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा २३ मा साझेदारी प्रहरी टोल सुरक्षा समिति गठन

AuthorAP Khabar२०७५ माघ १८, शुक्रबार (५ साल अघि) ३१८ पाठक संख्या

AP डेस्क
जीतपुर, माघ १८ :  जीतपुरसिमरा उपमहानगरपालिका २३ मा साझेदारी प्रहरी टोल सुरक्षा समिति गठन र विद्यालय सुधार समिति गठन गरीएको छ । समाज निर्माणमा सकारात्म भुमिका निर्वाह गर्न र विद्यालयमा लौङ्गीक हिसां र शिक्षाको गुणस्तरमा सुधार गर्ने उद्धेश्य सहित सो समितिहरु ग्ठन गरीएको हो ।

साझेदारी प्रहरी टोल सुरक्षा समितिको संयोजकमा रहिम लुवा र विद्यालय सुधार समिति विद्यालय संयोजक चन्द्रभुषण सिहं रहेको जनाइएको छ । भने दुबै समितिको सदस्य सचिवमा प्रहरी सहायक निरिक्षक संतोषकुमार झा रहनुभएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३का वडा अध्यक्ष असलम देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय जीतपुरका पञ्हरी नायब निरिक्षक रामउदय राउत शर्मा, स्थानिय नेपाली कांग्रेसका वडा नम्बर २३ का वडा सभापति भिखारीमिया मंसुरी, पुर्व एमालेका वडा सदस्य रसिदमिया मंसुरी लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस