आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मौवादेवी यूवा क्लबको भवन पुनः निर्माण गरिँदै

AuthorAP Khabar२०७५ माघ १९, शनिबार (५ साल अघि) २९५ पाठक संख्या

AP संवादाता

मनहर्वा, माघ १९ : जितपुरसिमरा उपमहानगरपालिका˗१८ को बडहर्वामा रहेको मौवादेवी यूवा क्लबको भवन पुनः निर्माण सुरु गरिएको छ ।

उपमहानगरको वडा नं. १८ले भवन पुनः निर्माणका लागि ८ लाख बजेट विनियोजन गरेपछी पुरोनो भवन भत्काएर नयाँ बनाउन लागिएको क्लबका अध्यक्ष दिपेश दाहालले बताए । 

उपमहानगरको बडहर्वा चोकैमा करिब १० धुर जिमन चर्चेको क्लबको यसअघि जस्ताले छाएको पुरानो भवन थियो । भुक्म्पले कमजोर बनेको भवन नवर्निमित सडकहरुको सतहभन्दा धेरै तल परेपछी बर्षामा पानी पस्ने समस्या हुँदै आएको थियो । 

यसबर्ष जग निर्माणको काम सक्ने र क्रमैसँग केहीबर्ष भित्र सुविधा सम्पन्न भवन निर्माण गरिसक्ने योजना रहेको क्लब अध्यक्ष दाहालले बताए ।

एकदशक अघि सम्म फूटबल खेल क्षेत्रमा जिल्लाभरी नाम कहलियको मौवा देवी यूवा क्लबले पछिल्लो समय फूटबलमा खासै राम्रो गर्न सकेको छैन । 

यद्यपी विभिन्न प्रतियोगिताहरुसँगै सामाजिक कामहरु क्लब मार्फत हुँदै आएको छ । धेरैबर्ष पहिला दर्ता भएको मौवादेवी यूवा क्लब लामो समय नविकरण समेत नगरि लथालिङ्ग अवस्थमा रहेको थियो । 

गतबर्ष दाहाल नेतृत्वका यूवाहरुको सक्रियतामा क्लब नविकरण गरि ब्यवस्थापन सुरु गरिएको हो । भवन निर्माणसँगै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै क्लबको भुमिकालाई शसक्त बनाईने दाहालले बताए ।

क्लब परिषरमा यसअघिनै प्रतिक्षालय निर्माण गरी सोको छतमा माहादेको मूर्ति राखिएको छ । त्यस्ते क्लबको शंरक्षणमा रहेको बडहर्वा खेलमैदानमा तत्कालिन यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम् पौडल मार्फत दुईसय ५० जना भन्दा बढि दर्शकहरु बसेर हेर्न सकिनेगरी प्याराफिड समेत निमार्ण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस