आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्रिकेटको प्रगतिले राष्ट्रिय एकता मजबुत : प्रचण्ड

AuthorAP Khabar२०७५ माघ २२, मंगलबार (५ साल अघि) ३८२ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले क्रिकेट क्षेत्रमा गरेको प्रगतिका कारण राष्ट्रिय एकता मजबुत भएको बताउनुभएको छ ।

यूएईमा ऐतिहासिक सिरिज जितेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिँदै उहाँले क्रिकेटको विकासले राष्ट्रको इज्जत बढेको बताउनुभयो ।

उहाँले बधाई तथा शुभकामना दिनका लागि मंगलबार बिहान राष्ट्रिय क्रिकेट टोलीलाई खुमलटारस्थित निवासमा बोलाउनुभएको थियो । क्रिकेटको सफलताबाट आफू गौरवान्वित भएको बताउँदै उहाँले खेलकूद क्षेत्रको थप विकासका लागि आफ्नो सदैव साथ सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस