आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दिदीलाई पुर्याउन गएका एक युवक नेपाल भारतको सीमाक्षेत्रमा मृत फेला

AuthorAP Khabar२०७५ माघ २२, मंगलबार (५ साल अघि) ६०२ पाठक संख्या

सिरहा, माघ २२: दिदीलाई पुर्याउन गएका एक युवक नेपाल भारतको सीमाक्षेत्रमा मृत फेला परेका छन् । दिदीलाई घर पुर्याउन गाएका लहान नगरपालिका २४ का ३५ वर्षीय गजेन्द्र यादवको शव भारतको पिप्राहीमा खोला र इँटा भट्टा नजिकै मृत फेला परेको हो ।

यादव शुक्रबार अपरान्ह ३ बजेतिर दिदी अनितालाई स.८ प ८४२७ नम्बरको मोटरसाइकलमा पुर्याउन गेरुवा गएका थिए । उनलाई पुर्याएर लहान फर्किएका गजेन्द्र बेखबर भएपछि आफन्तले लहान प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए ।

गजेन्द्रका दाई योगेन्द्र बिहीबार वैदेशिक रोजगारीका लागि कतार जाने भएपछि भाईलाई भेट्न दिदी अनिता माइत आएकी थिइन् । हराएको दुई दिनपछि गजेन्द्रको शव फेला परेको जिल्ला प्रहरी कर्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

यादवले प्रयोग गरेको मोटरसाइकल र मोबाइल फेला परेको छैन । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ । यादवको शव पोष्टमार्टम पछि दहासंस्कार भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस