आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सैनिकको रगतले जोगियो सुत्केरीको ज्यान

AuthorAP Khabar२०७५ माघ २२, मंगलबार (५ साल अघि) ४२३ पाठक संख्या

एपी खबर – माघ, २२-

नाजुक अवस्थामा रहेकी एक सुत्केरीलाई बचाउन दिपायलका सैनिक जवानले रगत दान गरेका छन् ।

नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका -४ तिखातरकी २२ वर्षीया पाबर्ती जेठाराको ज्यान जोगिएको हो । व्यथाले च्यापेर दिपायलस्थित शैलेश्वरी अस्पतालमा भर्ना हुनुभएकी जेठाराको अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो ।

यस्तो स्थितिमा नेपाली सैनिकले दुईपिन्ट ‘ए पोजेटिभ’ रगत दिएकाले निजको ज्यान जोगिएको अस्तालका निर्देशक आइजँग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो तर बेलैमा रगत उपलब्ध भएपछि उहाँको ज्यान जोगियो ।’ नेपाली सेनाले डोटीमा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत उपलब्ध गराउँदै आएको छ ।

Janata Samachar

प्रतिक्रिया दिनुहोस