आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विवाहपछि मोटाउने डर, यसरी राखौं आफुलाई फिट

AuthorAP Khabar२०७५ माघ २३, बुधबार (५ साल अघि) २९० पाठक संख्या

विभिन्न शोधले देखाएको छ, विवाहपछि अक्सर महिला मोटाउँछन् । यसका अनेक कारण छन् । विवाहपछि उनीहरुले आफुलाई घर(गृहस्थीमा लगाउँछन्, दैनिक जीवन बद्लिन्छ, विवाह वा प्रेमको तनावबाट मुक्त हुन्छन्, राम्री देखिनुपर्ने भन्दा पनि स्वास्थ्य रहनुपर्ने मानसिकता विकास हुन्छ । यस्ता अनेक कारणले महिलाहरु विवाहपछि मोटाउँछन् ।

विवाहअघि भने उनीहरु सकेसम्म फिट एन्ड फाइन रहने यत्न गर्छन् । आफुलाई कसरी आकर्षक देखाउने भनेर हर(संभव प्रयास गर्छन् । फिट रहनकै लागि उनीहरु डाइटिङ्ग गर्ने, एक्सरसाइज गर्ने गर्दछन् । उनीहरुमा भ्रम छ, विवाहमा आफूलाई फिट तथा आर्कषक देखाउन पनि विवाहको समयमा आफूलाई फिट राख्न जरुरी छ । जबकी विवाह अघि मात्र नभएर विवाह पछि पनि आफुलाई फिट राख्न जरुरी छ ।

किन जरुरी छ शरीरलाई फिट राख्न ?

श्रीमान श्रीमतीबीचको सम्बन्धमा फिटनेशले खास प्रभाव पार्दछ । केही जोडीमा गरिएका सर्वेक्षणले समेत यो कुरालाई पुष्टि गरिसकेको छ । सर्वेक्षणका क्रममा केही जोडीलाई एउटा जिम्मेवारी दिइएको थियो । जसमा उनीहरुले आफ्ना पार्टनरलाई ‘म तिम्रो लागि फिट , हेल्दी तथा आर्कषक देखिन चाहन्छु’ भन्नु पर्ने थियो’ ।

यो भनाईसँगै उनीहरुको सम्बन्ध प्रगाढ हुनुका साथै सुमधुर भएको पाइएको थियो । यसका लागि उनीहरुलाई वर्कर्आउटका साथमा डायट सेवन गर्न लगाइएको थियो । परिणामस्वरुपम, उनीहरुको सम्बन्ध सुमधुर हुनुका आफू प्रतिको आत्मविश्वास समेत बढेको पाइएको थियो ।

यस सर्वेक्षणबाट आएको नतिजाले पनि के देखाउँछ भने विवाह पश्चात्त महिला तथा पुरुषले पनि आफ्नो फिटनेशमा विशेष ध्यान दिन जरुरी छ ।

किन गर्छन्, लापरवाही ?

मानिसहरु सोच्छन्, सुन्दर हुने भनेकै विवाह नहुञ्जेल हो । त्यसैले, जबसम्म विवाह हुँदैन, तबसम्म उनीहरु आफूलाई आर्कषक र सुन्दर देखाउन जुनसुकै कुरा गर्न पनि पछि पर्दैनन् । र, विवाह भएपछि भने आफ्नो शरीरको रत्तिभर पनि ध्यान दिदैनन् । उनीहरु भन्ने गर्छन्, विवाह त भैसक्यो, अब कसका लागि राम्रो देखिनु ?

फेरी जति समय वित्दै गयो, उनीहरुमा जिम्मेवारी पनि बढ्दै जान्छ । घर परिवारको जिम्मेवारी, वच्चाहरुको पढाई लेखाईमा उनीहरुको समय यसरी वित्छ की उनीहरुसित स्वंयका लागि समेत समय बच्दैन । त्यतिमात्र हैन, यस्ता विभिन्न कारण तथा तनावले पनि उनीहरुलाई आफ्नो स्वास्थ्यलाई लिएर लापरवाही गर्न बाध्य बनाउँछ ।

विवाह पपछि करियर बनाउने चुनौती र विभिन्न किसिमको तनाव यति धेरै हुन्छ, कि शरीरलाई फिट राख्न समय निकाल्नु पनि हाम्रो लागि अनावश्यक लाग्छ थाल्छ । मोटोपना, थकान तथा अत्तिरिक्त तौल नै हाम्रो पहिचान बन्न थाल्छ । शरीरमा न त कुनै उर्जा बाँकी रहन्छ, न त कुनै चमक देखा पर्छ । र, यसको सोझो असर उनीहरुको दाम्पत्य जीवनमा पर्ने गर्छ । उनीहरुबीचको आर्कषण कम हुँदै जानुको साथै, उनीहरुबीच मनमुटाव समेत बढ्ने गर्छ । र, यसको प्रभाव उनीहरुको शारीरीक सम्बन्धमा समेत पर्न थाल्छ ।

कसरी ?

जब हामी फिट रहन्छौ, हाम्रो इनर्जीको लेभल पनि उच्च हुने गर्छ । यसको सकारात्मक प्रभावमा हाम्रो शरीर पर्दछ । जसले गर्दा मानिस आर्कषक देखिन थाल्छ । र, जब मानिस आर्कषक देखिन थाल्छ, यसको प्रत्यक्ष प्रभाव उनीहरुको शारीरीक सम्बन्धमा पनि पर्छ ।

शरीरलाई फिट राख्न सन्तुलित आहारका साथै नियमित व्यायाम जरुरी छ । र, खानपान सन्तुलित भएमा यसले शारीरीक सम्बन्ध कायम गर्ने क्षमता पनि बढाएर सम्बन्ध प्रगाढ बनाउने गर्छ । शरीर फिट रहेमा आत्मविश्वास बढ्ने गर्छ। र, आत्मविश्वास बढेमा सम्बन्ध पनि उत्साहजनक हुन्छ । अन्यथा, तनाव र थकानको असर शारीरीक सम्बन्धमा समेत पर्दछ ।

शरीरलाई फिट राख्न कसरी गर्ने उत्प्रेरित ?

हिन्दू धर्ममा विवाहलाई निकै पवित्र मानिन्छ । यसलाई केटा र केटी बीचको मेलमात्र नभएर दुई परिवार बीचको मेलको रुपमा पनि हेरिने गरिन्छ ।

त्यसैले, विवाह पश्चात्त महिला तथा पुरुषको जीवनमा धेरै कुरा बदलिने गर्छ । जसले गर्दा उनीहरु घर परिवारमा यति धेरै व्यस्त हुन्छन् कि उनीहरुलाई आफ्नो लागि समेत पर्याप्त समय हुँदैन । यसले शरीरमा उर्जाको पनि हुनुका साथै नैराश्यता समेत उत्पन्न हुने गर्छ । नैराश्यताकै कारण श्रीमान श्रीमति एक अर्काबाट टाढा हुने गर्दछ । त्यो कम गर्नका लागि पनि श्रीमान श्रीमतिले आफै कुनै विकल्प खोज्न जरुरी छ ।

आफ्ना लागि टाइमटेबल तथा सेड्युल तयार पारेर पनि यो समस्यालाई कम गर्न सकिन्छ ।

(एउटा डायरीमा उक्त टाइमटेबल सेट गर्ने । त्यसमा दैनिक गरिने कार्य तथा खानेकुरा र तयसमा भएको क्यालोरीको सुची बनाउने । –त्यसपछि प्रत्येक शनिवार उक्त डायरीलाई रिभ्यू गरेर यो साता के के गरे, के गरिन भनेर आफ्ना कमीकमजोरीलाई औल्याउने ।

(विहान विहान जगिङ्ग तथा वर्कआउट गर्ने। यसले शरीर फिट रहनुका साथै एकअर्का्सित बढी भन्दा बढी समय व्यतित गर्न सकिन्छ ।

– कसले पहिले तौल घटाउने भनेर एक अर्कालाई च्यालेञ्ज गर्ने । ।

(घरको काम मिलीजुली गर्ने । यसले एक्सरसाइज हुनुका साथै सम्बन्ध प्रगाढ बन्छ ।

(विवाहको छ महिना पछि नै ५(७ केजी वजन बढेमा त्यसलाई विस्तारै कम गर्ने कोशिश गर्ने ।

(पार्टनरलाई तौल घटनाउन उत्प्रेरित गर्नका लागि स्लिम देखिने लुगा किन्न प्रोत्साहित गर्ने ।

(व्लड प्रशर, सुगर लगायतका नियमित स्वास्थ्य परीक्षण गर्ने ।

(बच्चा हुँदैमा आफूलाई महत्वहीन नसम्झने ।

प्राय जोडी बच्चा जन्मिसकेपछि आफूलाई महत्वहिन सम्झने गर्छन् । र, उदास हुने गर्छ । जबकी बच्चा जन्मे पनि प्रत्येक आमाबाबुले

सन्तुलित आहार, स्वस्थ खानपान तथा नियमित एक्ससाइज गरेर आफूलाई फिट राख्न सक्दछन् । । र, आफू फिट रहेमा बच्चाहरुले पनि तपाईबाटै उत्पे्ररित भई आफूलाई फिट राख्ने गर्दछन् ।

के भन्छन्, विज्ञ ?

(वर्कआउट, नियमित एक्सरसाइज, योगा, मेडिटेशनद्धारा तनाव कम गर्न सकिन्छ ।

(विज्ञका अनुसार तनावले कुनै पनि व्यक्तिलाई शारीरीक तथा मानसिक रुपमा कमजोर बनाउने गर्छ । जसले गर्दा सम्बन्धमा चिस्याहट, जोश तथा आत्मीयता क्रमश कम हुन थाल्छ ।

(त्यतिमात्र हैन, श्रीमान श्रीमति बीचको सम्बन्ध खराब हुनुमा तनाव पनि मुख्य कारक मानिन्छ । किनकी जहाँ तनाव हुन्छ, त्यहाँ श्रीमान श्रीमति बीचको सम्बन्ध सुमधुर हुँदैन । जसले गर्दा सम्बन्धमा तिक्तता आउँछ ।

अनलाईन खबर

प्रतिक्रिया दिनुहोस