आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फेसबुकमा २५ करोड फेक अकाउन्ट

AuthorAP Khabar२०७५ माघ २३, बुधबार (५ साल अघि) ३४४ पाठक संख्या

सोसल मिडिया साइट फेसबुक आफैंमा एउटा पूरा संसार हो । आफ्ना दुई अर्बभन्दा धेरै प्रयोगकर्ताको संख्यालाई आधार मान्दा यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भन्दा हुन्छ ।

२ अर्बभन्दा धेरै मानिसले महिनामा कम्तीमा एकपटक फेसबुक लगइन गर्दछन् । यस्ता प्रयोगकर्तालाई फेसबुकले मन्थली एक्टिभ युजर्स मान्दछ । तर, मासिक सक्रिय प्रयोगकर्ता भनिएका २ अर्ब ३२ करोड फेसबुक अकाउन्टमध्ये झण्डै २५ करोडभन्दा धेरै नक्कली खाता भएको पाइएको छ ।

फेसबुकले सन् २०१८ को आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार सो वर्षको चौथो त्रैमासिक अर्थात् अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा फेसबुकका मासिक एक्टिभ युजर्समध्ये ११ प्रतिशतको फेसबुक अकाउन्ट फेक अर्थात् डुप्लिकेट भएको पाइएको छ । सन् २०१५ मा यस्ता फेक अकाउन्टको संख्या ५ प्रतिशत थियो ।

सन् २०१५ को डिसेम्बरमा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १.५९ अर्ब थियो । सन् २०१८ को डिसेम्बरमा यो संख्या बढेर २ अर्ब ३२ करोड पुगेको छ । तर, तीमध्ये २५ करोड नक्कली खाताधारी रहेका छन् ।

कुनै पनि फेसबुक प्रयोगकर्ताले आफ्नो एउटा प्रमुख फेसबुक अकाउन्टबाहेक खोलेका अन्य फेसबुक अकाउन्टलाई डुप्लिकेट अकाउन्ट, नक्कली खाता वा फेक अकाउन्ट भनिन्छ । यस्ता फेक अकाउन्टलाई दुई वर्गमा विभाजन गरिन्छ । एकखाले फर्जी अकाउन्ट कुनै कारोबार, कुनै संगठन वा गैरमानवीय इकाइद्वारा बनाइएका हुन्छन् । त्यसमा फेसबुक पेजको प्रयोग गर्ने खाता पनि हुन्छन् । अर्कोथरी फेसबुक अकाउन्टचाहिँ पूर्णरुपमा फर्जी हुन्छन् । कुनै उद्देश्यका लागि खोलिएका हुन्छन् । त्यस्ता अकाउन्ट फेसबुकमा स्पामको रुपमा हुन्छन् र फेसबुकको सेवा तथा नियमलाई पनि उल्लंघन गर्दछन् ।

फेसबुकको आन्तरिक समीक्षाबाट त्यस्ता नक्कली खाताको पहिचान गरिन्छ । फेसबुकका अनुसार विश्वमा अहिले फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको औषत संख्या १ अर्ब ५२ करोड पुगेको छ । त्यो संख्या सन् २०१७ मा १ अर्ब ४० करोड रहेको थियो ।

फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा वृद्धि गर्नमा भारत, इण्डोनेसिया तथा फिलिपिन्सजस्ता देशको महत्वपूर्ण योगदान रहेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस