आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हुलास स्टिलबाट निस्केको प्रदुषणको चपेटामा सिमरा वासि

AuthorAP Khabar२०७५ माघ २३, बुधबार (५ साल अघि) ४४८ पाठक संख्या

एपी खबर
जीतपुर, माघ २३ : बहुप्रतिष्ठत उद्योगहरु मध्ये बिरगंज पथलैया औद्योगिक करिडोर अन्तरर्गत रहेको सिमरा स्थित हुलास स्टिलले निकालेको फोहरका कारण यहाँका स्थानियहरु चिन्तीत हुन थालेको छन् । पछिलो समय उद्योगले निकालेको धुवा धुलोका साथै यसको कम्पनका कारण यस क्षेत्रका स्थानियहरु चिन्तीत बन्न पुगेका हुन् ।

हाल यस उद्योग वरिपरि रहेका घरहरुमा यस उद्योगका कारण चरकिने थालेपछि यहाँका स्थानियहरु चिन्तीत हुनका साथै उद्योगले भावि दिनमा पु¥याउने असरलाई लिएर चिन्तीत बनेका छन् । हाल उद्योग संचालनको समयमा यसबाट हुने कम्पनबाट उद्योग वरिपरी रहेका घरहरु चर्किन थालेको स्थानियहरुको भनाई छ । साथै हुलास स्टिलबाट निस्कने रशायन युक्त पानीले स्थानीय कुलोमा मिसाईए पछि खेती योग्य जग्गाको उब्जनी समेत घटन थालेको स्थानियहरुको भनाई छ ।

झण्डै १४ प्रकारको जस्ता , पाईप , सकेट लगायतका उत्पादन गर्ने हुलास स्टिलले भारतबाट ल्याईएका पाता बनाउँन प्रयोग गरिने कच्चा पदार्थको रशायनले खेतमा असर गर्ने गरेको पिड्ति कृषकहरु बताउँछन् । उद्योगले निकालेको रसायन पानीबाट स्थानीयहरुको गाई बस्तुहरु समेत मर्न थालेको छन् ।

करिडोरमा स्थापित करिव तीन सय वटा उद्योगहरु मध्ये हलास स्टिल प्रा.लि ठूला उद्योग मध्ये मानिन्छ । पटक–पटकको स्थानीयसँगको बिवाद पछि उद्योगको प्रदुषित रशायन युक्त पानी उद्योग भित्रै फिल्टर गरे पछि मात्रै ढल, कुलो र नालामा मिसाउँने उद्योग प्रशासन र स्थानीय बिच पटक–पटक सम्झौता भए पनि उद्योगले उटेर गरी उक्त फिल्टर प्लान्ट हाल सम्म लगाएको छैन ।

हुलास स्टिलले बिसर्जन गर्ने धुँवा , हावा , पानी , ध्वनी , कम्पन , खरानीको उचित व्यवस्थापन नभएका कारणले ती प्रदूषित बिकारहरुले गर्दा मानव शरीरमा बिभिन्न किसिमका रोगले ग्रसित भएको स्थानीय मोहन बाहदुर कार्कीको भनाई छ ।

मोहनसँगै उनका छिमेकीहरु पनि त्यतिकै पिड्ति छन् । घरमा बुढि आमा र बा छन् , भुईचालो जस्तै कम्पन हुँन्छ , स्थानीय मीरा राई भन्छिन् –“दिन भर काममा व्यस्ता भए पछि थाहा हुँदैन , राती सुत्ने समयमा सो उद्योगबाट कम्पन भए पछि सुत्न गा¥हो हुँन्छ ।” आँफूहरुले पटक–पटक प्रदुषण नियन्त्रण गर्न अनुरोध गर्दा समेत कुँनै प्रकारको सुनवाई नभएको बताउदै राईले अब यहाँका स्थानियहरु यस उद्योगको बिरुधमा आन्दोलन गर्ने तैयारीमा रहेको बताउनुभएको छ ।

उद्योगको कम्पन तथा विशाादीयुक्त वायूका कारण नवजात शिशु र वृद्धवृद्धालाई बढि असर पर्ने गरेको छ । सोको प्रभाव नियन्त्रण तथा औषधोपचारको कमीले स्थानीय बासिन्दाहरुको ज्यान जोखिममा परेको स्थानीयहरुले बताए छन् । यो उद्योग यस औद्योगीक करिडोरको एउटा नमुना मात्रै हो । राज्यको गलत नितीका कारण उद्योगलाई सहित ब्यवस्थापन गर्न नसक्दा प्रदुषणकै कारणलाई लिएर जीतपुरसिमराका जनता केहि सयमदेखि युनिटेक क्लीङ्कर उत्पादन गर्ने उद्योगमा ताला बन्दि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस