आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु

AuthorAP Khabar२०७५ माघ २३, बुधबार (५ साल अघि) ४९६ पाठक संख्या

APKhabar – माघ, २३-

भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ ।

बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा मंगलबार राति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिनुभयो ।

नयाँ घर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो । घर भत्किँदा च्यापिएर वृद्धको ज्यान गएको बेलकोटगढी नपा–७ का वडाध्यक्ष हेमनिधि नेपालले जानकारी दिनुभयो । तामाङ बाहेक परिवारका अन्य सदस्य टहरामा बस्दै आएका कारण उनीहरुको ज्यान जोगिएको छ ।

Janata Samachar

 

प्रतिक्रिया दिनुहोस