आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूँजीगत लाभकर एनसेलबाटै उठान सर्वोच्चको आदेश

AuthorAP Khabar२०७५ माघ २३, बुधबार (५ साल अघि) ५७६ पाठक संख्या

काठमाडौ, माघ २३ : सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री वापदको पूँजीगत लाभकर एनसेलबाट उठाउन आदेश दिएको छ ।

बुधबार प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको पूँजीगत लाभकर एनसेल र आजिएटाबाटै उठाउन आदेश दिएको हो ।

अधिवक्ता द्वारिकानाथ ढुंगेलले ठूला करदाता कार्यालय, एनसेल प्रालि र आजियटा इन्भेस्टमेन्ट यूके लिमिटेडलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले अहिले पनि एनसेल आजिएटाको प्रभावकारी नियन्त्रणमा रहेको भन्दै लाभकरको दायित्व आजिएटा र एनसेलमा ब्यहोर्नुपर्ने ठूला करदाता कार्यालयको नाममा परमादेश जारी गरेको हो ।

टेलियासोनेराले एनसेलको आफ्नो स्वामित्वमा रहेको सेयर मलेसियाको आजिएटालाई बिक्री गरेवापतको पूँजीगत लाभकर कसले तिर्ने भन्ने विषयमा विवाद भएको थियो । आजिएटा र एनसेलले उक्त पूँजीगत लाभकर तिर्ने दायित्व आफ्नो नभएको दावी गर्दै आएका थिए ।
अनलाई खरब

प्रतिक्रिया दिनुहोस