आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सानाकिसान डुमरानालाई आठौँ तहको क्रमचारी राख्न बाटो खुल्ला

AuthorAP Khabar२०७५ माघ २३, बुधबार (५ साल अघि) ६५० पाठक संख्या

एपी खबर
जीतपुर, माघ २३ : सानाकिसान कृषि सहकारी संस्था लि. डुमरवानाले आठौँ तहको क्रमचारी राख्ने बाटो खुल्ला भएको छ । बुधवार समाननिय उच्च अदालत अस्थायी ईजलास विरगंजले सानाकिसान कृषि सहकारी संस्था लि. डुमरवाना र संचालक समिति माथि परेको रिट खारेज गरेसंगै संस्थालाई आठौँ तहको क्रमचारी राखने बाटो खुलेको हो ।

समाननिय उच्च अदालत अस्थायी ईजलास विरगंजले सानाकिसान कृषि सहकारी संस्था लि. डुमरवाना र संचालक समिति माथि परेको रिट बुधवार खारेज गरेको छ । आज समाननिय उच्च अदालत अस्थायी ईजलास विरगंजका प्रमुख न्यायधीश डिल्लीराज आचार्य र माननिय न्यायधीश राजेन्द्र खरेलको संयुक्ता ईजलासले यस संस्थामा माथि लगाईएको रिट खारेज गरेको हो ।

मंसिर १० गते संस्थाका प्रबन्धक नारायाण क्षेत्री र पौष १ गते संचालकद्धय प्रदिपसिहं बराल र विश्वनाथ बराल लगाएत ५ जनाले सानाकिासन कृषि सहकारी संस्था लि. र संचालक समितिमाथि भ्रष्टाचार गरेको र नियम बिना आठौँ तहको क्रमचारी राख्न लागेको लगाएतका माग राखि उच्च अदालत अस्थायी ईजलास विरगंजमा मुद्धा दायर गरेका थिए ।

संस्थ माथि लगाइएको झुठा आरोप समाननीय उच्च अदालत अस्थायी ईजलास विरगंजले पारदर्शी गरेको संस्थाका उपाध्यक्ष कमलाकुमारी रिमाल अधिकारी जानकारी दिनुभएको छ । सहकारीको पौष ३० गते बसेको बैठकले नयाँ कार्य समिति चयन गर्न यही फाल्गुन २५ गते अधिवेसनको मिति तय गरेर अगाडी समेत बढि सकेको सानाकिसान सहकारी संस्था लि. डुमरवानाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस