आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हजारीमल धर्मशालामा मल बनाउन अनाधिकृत तोडफोट, विरगंज महानगरपालिका बेखबर

AuthorAP Khabar२०७५ माघ २३, बुधबार (५ साल अघि) १७७० पाठक संख्या

वीरगन्ज, माघ २३ :  वीरगंज महानगरपलिका वडा नं.– ६ आदर्शनगरको मुटुमा रहेको हजारीमल धर्मशाला विना अनुमति अनाधिकृत रुपले मल बनाउन तथा वेच विखनको लागि तोडफोड भइरहेको स्थानियले वताएका छन् ।

अन्दाजी सय वर्ष पहिला रक्सौल (भारत)का समाज सेवी स्व. हजारीमलका छोरा रामाबाबु अग्रवाल आफ्ना पिताको नाममा वीरगंज आदर्शनगर वडा नं– ७ हालको ६ स्थीत मेन रोडमा १० कठ्ठा भन्दा बढि जग्गामा हजारीमल धर्मशालाको निर्माण गरेका थिए ।

हजारीमल धर्मशाालाको नाममा सो जग्गा समेत पास गरी ट्रस्ट वनाइ दिएका थिए । सो धर्मशालाका ट्रस्टी रहेका हजारीमलका नाति (भारत) रक्सौलका महेश अग्रवाल, नारायण अग्रवाल र जगु अग्रवालले धर्मशालाको जग्गाको मुल्य वढी अर्बोमा पुगेको हुनाले लोभले यो धर्मशाला तोडन लगाई मल निर्माण गर्न लागेकोले स्थानियहरु आरोप लगाउदै विरोध गर्न थालेका छन् ।

यता यस बारे पर्सा जिल्लाको संसदीय क्षेत्र नं.–२ का सांसद विमल श्रीवास्तवले नगरपालिकोको स्वामित्वमा रहेको यो जग्गा नगरपालिकोको स्वीकृतीले मात्र तोड्न पाउने जानकारी दिए ।

यस सम्बन्धमा वीरगंज महानगरपालिकाका इन्जिनियर अखलाक्य सिद्धिकी सगं सम्पर्क गर्दा आफुलाई केहि जानकारी न भएको वताए । उनले यो भवन तोठडभोड भएको पहिलो पटक सुनेको बताए ।

ट्रस्टी अग्रवाल र वीरगंज महानगरपालिकाका मेयर विजय शरावगी नातेदार रहेको हुनाले ट्रस्टी अग्रवालले गैर कानुनि तरीकाले धर्मशालाको जग्गामा मल बनाउन लागेको स्थानियले वताएका छन् ।

मेयर शरावगीले सोहि धर्मशालामा दक्षीण पटिको कोठामा अशवमेघ गायत्री महायग्यको कार्यालय समेत राखेका छन् र दिनहु सो कार्यालयमा आउने जाने गरेकोे हुनाले पनि यो मल निमार्ण कार्यमा शरावगीको संगलगनताको स्थानियले आरोप लगाएका छन् । यस सम्बन्धमा मेयर शरावगी संग सम्पर्क गर्दा सम्पर्क हुन नसकेको यात्रा डेलीमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस