आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनको भरतपुरमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

AuthorAP Khabar२०७५ फागुन ७, मंगलबार (५ साल अघि) ३७१ पाठक संख्या

AP KHABAR – फागुन, ७-

भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जीतबहादुर सार्की रहेका छन् ।

जगतपुरबाट भरतपुर आउँदै गरेको बा १५ च ४९२६ नंको कारले पैदलयात्री सार्कीलाई ठक्कर दिँदा सार्कीको घटनास्थलमै मृत्यु भएको हो । मृतक सार्कीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ भने चालकको खोजीकार्य भइरहेको छ । News Sorce: A1 News Nepal

प्रतिक्रिया दिनुहोस