आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विवाहघरमा ट्रक पस्दा १३ जनाको मृत्यु, १८ गभ्मीर घाइते

AuthorAP Khabar२०७५ फागुन ७, मंगलबार (५ साल अघि) २९३ पाठक संख्या

भारतको राजस्थानस्थित एक विवाहघरमा ट्रक ४ बालकसहित १३ जनाको मृत्यु भएको छ । द्रुत गतिमा आइरहेको ट्रक बिवाहघरमा पस्दा अन्य १८ जना गम्भीर घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटना सोमबार राती भएको हो ।

बंसबाडाबाट नीमबेहारातर्फ जाँदै गरेको ट्रक सडक किनारमा रहेको विवाह समारोहमा घुसेको थियो । मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । मृतकहरुको शव पोस्टमार्टमको लागि शवगृहमा राखिएको छ । यस्तै १८ जना गम्भीर घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ । मृतकमध्ये ९ जनाको सनाखत भएको छ भने बाँकी अझै पहिचान हुन सकेको छैन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस