आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माक्र्सको शालिक पुनः तोडफोड

AuthorAP Khabar२०७५ फागुन ७, मंगलबार (५ साल अघि) २८६ पाठक संख्या

विश्वविख्यात दिवंगत कम्युनिष्ट नेता एवं दार्शनिक कार्ल माक्र्सको शालिक तोडफोडको प्रयास भएको छ ।
माक्र्सको विशिष्ट योगदानबाट संसारभर फैलिएको माक्र्सवादी विचारधारालाई भोकमरीको सिद्धान्त भन्दै शालिक तोडफोडको प्रयत्न भएको हो ।

लण्डनको हाइगेट स्थित उनको चिहानमा रहेको विशाल शालिकलाई यसअघि पनि पटब पटक तोडफोडको प्रयास हसने गरेको छ । केही दिन अघि मात्रै शालिक तोडफोडको प्रयास भएको थियो । शालिकको वरिपरि विभिन्न विरोधका नाराहरु लेखिएका छन् । माक्स माक्र्सवादी विचारलाई घृणा गरेर लेखिएका नाराहरुले शालिक पोतीएको देखिन्छ ।

सन १८८३ मार्च १४मा माक्र्सको निधन पछि बेलायती कम्युनिष्ट पार्टीले सन १९५६ मा निर्माण गरेको शालिक ३ दशमलव ७ मिटर अग्लो रहेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस