आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रजातन्त्र दिवसः चितवनमा प्रभातफेरी सहितको कार्यक्रम

AuthorAP Khabar२०७५ फागुन ७, मंगलबार (५ साल अघि) ६०६ पाठक संख्या

एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।सरकारले प्रजातन्त्र दिवस भव्य रूपमा मनाउन लागि रहेको छ ।

यसै अवसरमा चितवनमा पनि प्रभातफेरी सहित एक विशेष समारोहको अयोजना गरी प्रजातन्त्र दिवस मनाइएको छ । भरतपुरको चौविसकोठीबाट शुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

सो अवसरमा बोल्ने बक्ताहरुले सहितको सपना साकार गर्ने सुनौलो अवसर प्राप्त भएको भन्दै आ–आफ्नो क्षेत्रबाट राष्ट्रको विकासमा सहयोग पु¥याउन आग्रह गरेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,नेकपा जिल्ला नेता तेजेन्द्र खड्का लगाएतले बोल्नुभएको थियो ।

narayanionline

प्रतिक्रिया दिनुहोस