आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिल्ला प्रसाशन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराद्धारा मालपोत र नापी कार्यलयको अनुगमन

AuthorAP Khabar२०७५ फागुन ७, मंगलबार (५ साल अघि) ४३२ पाठक संख्या

एपी खबर
जीतपुर, फागुन ७ : जिल्ला प्रसाशन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराले सिमरा मालपोत र नापी कार्यलयको अनुगमन गरेको छ ।

पछिल्लो समय मालपोत र नापी कार्यलयमा नम्कली नागरीक्ता र कागजपत्र पेश गरी जग्गाधनिलाई जानकारी नगराईकन तेस्रो व्यक्तिका नाममा जग्गा पाश गर्ने कार्य बढेको उजुरी आएपछि मंगलवार बाराका प्रमुख जील्ला अधिकारी राजेश पौडेल र बाराका प्रहरी उपरिक्षक सानुराम भट्राई सहितको टोलीले मालपोत र नापी कार्यलयको अनुगमन गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत र नापी कार्यलयमा सेवाग्राहीको उजुरी आएपछि आकस्मिक अनुगमन गरिएको जानकारी दिनुभयो ।

अनुगमनमा राष्ट्रिय अनुसन्धानका कार्यलयका प्रमुख बिमल घिमिरे, शसस्त्र प्रहरी उपरिक्षक (एसपी) प्रकाश थापा, औधोगिक सुरक्षा गुल्म औराहाका प्रहरी नायव उपरिक्षक गौतम कुँवर, ईलाका प्रशासन कार्यलय सिमराका प्रमुख कृष्ण गैरे, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख सुभाश हमाल लगायतको उपस्थिती रहेको थियो ।

मालपोत र नापी कार्यलयको अनुगमन लगत्तै डिभिजन वन कार्यालय बारामा प्रजिअ सहित सुरक्षा निकायका प्रमुखहरुको बैठक समेत बसेको थियो । वन पैदावार चोरी निकाशी नियन्त्रण गर्ने र वन क्षेत्र भएका अतिक्रण तत्काल रोक्ने विषयमा सो बैठक बसेको डिभिजन वन कार्यालय बारामा प्रमुख शिवशंकर ठाकुरले जानकारी दिनुभयो ।

उहाँले वन क्षेत्र अधिक्रमण गर्ने र चोरी निकासीमा संग्लन हुनेहरुलाई प्रकाउ गर्दा स्थानिय निकायका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिहरुवाट दवाव आएको प्रचि चिन्ता ब्यक्त गर्नुभयो । वन अधिकृत ठाकुरले वन क्षेत्र अतिक्रमण गर्नेलाई कारवाहि गर्न प्रशासनका साथै स्थानिय जनप्रतिनिधीको समेत सहकार्य हुनुपर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस