आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

६९ औँ प्रजातन्त्र दिवसको अवसरमा जीतपुरमा दिप प्रज्वलन

AuthorAP Khabar२०७५ फागुन ७, मंगलबार (५ साल अघि) ४५४ पाठक संख्या

एपी खबर
जीतपुर, फाल्गुन ७ : जीतपुरयुवा क्लबले मंगलबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा दिप प्रवलन गरी ६९ औँ प्रजातन्त्र दिवस मनाएको छ । दिवसको अवसरमा आयोजीत यस कार्यक्रममा शान्ति विकास मञ्च, युनिक युवा क्लव, हेल्प युवा क्लव र जन जागृत समिति नेपाल लगाएतका संस्थाहरु सम्मीलित रहेका थिए ।

क्लबका अध्यक्ष भुनेश पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नेता देवनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले प्रजातन्त्र दिवसले सबैलाई स्वतन्त्रताको आभास गराएको बताउदै यस दिनले दिएको उपलब्धिलाई आत्मसाथ गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका नेता एवम रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेल, जीतपुरका युवा नेता राजुराज गिरि, श्रीराम साह लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सहजीकरण संचारकर्मी मनोज साहको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस