आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नक्कली लालपुर्जा र नागरिकता बनाउने दुई जनालाई पक्राउ

AuthorAP Khabar२०७५ फागुन ७, मंगलबार (५ साल अघि) ४४६ पाठक संख्या

एपी खबर
जीतपुर, फाल्गुन ७ : ईलाका प्रहरी कार्यालय सिमराले नक्कली लालपुर्जा र नागरिकता बनाउने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कलैया उप–महानगरपालिका वडा नम्बर २३ निवासी अमित मेहता र विरगञ्ज महानगरपालिका वडा नम्बर १२ निवासी रघुनाथ प्रसाद साह रहेका छन् ।

प्रहरी नीरिक्षक सुभाश हमाल नेतृत्वको टोलिले बिशेष सुचनाको आधारमा दुई जनालाई मालपोत कार्यालय सिमराबाट पक्राउ गरेको हो । नक्कली लालपुर्जा र नागरिकता बनाई जग्गा बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले सरकारी कार्यालयको सम्पुर्ण छापहरु बनाई किर्ते गर्दे आएका थिए । विरगञ्ज महानगरपालिका वडा नम्बर ६ निवासी रवि क्यालको जग्गा अर्कैलाई बेच्न लागेका थिए । क्यालको नाममा रहेको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २० को किता.नं.६२८ को ०–९–१० र किता नं.६२९ को ०–८–११ नं.को जग्गा अर्कैलाई बेच्न लागेका थिए ।

नागरिकता, जग्गा धनी दर्ता प्रमाण पुर्जाको समेत किर्ते गर्दे आएका उनीहरुबाट जग्गा धनिपुर्जा, किर्ते नागरिकता र रजिष्टेशन फारम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनाको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक हमालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस