आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीप दुर्घटनाः ४ जनाको मृत्यु, १० घाइते

AuthorAP Khabar२०७५ फागुन ८, बुधबार (५ साल अघि) ३६८ पाठक संख्या

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साझ जीप दुर्घटना भएको छ । ध १ ज ७९१ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा छिस्तीका वर्षीया १९ की प्रियंका पुन, वर्षीया ३० की तुलसी पुन  वर्षीया १४ की एलिना पुन र १३ वर्षीया ज्याेती पुन  छन् । उनीहरूकाे घर जैमिनी नगरपालिका–८ जैवका स्थानीय भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी  दिएकाे छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलबाट १० जना घाइतेहरुलाई उद्धार गरिएको छ । घाइतेमध्ये गम्भीर भएका ४ जनालाई पोखरा रेफर गरिएको छ भने बाँकी ६ जनाकाे धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

जीपमा २० जना भन्दा बढि यात्रुहरु सवार रहेको स्थानियहरुले बताएका छन् । सडकदेखि करिव ७ सय मिटर तल खसेको र रात परेपछि अध्यारोका कारण उद्दारमा समस्या भएको वडाअध्यक्ष शर्माले जानकारी दिए । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक बोकेको जीप छिस्ती रापुङटुनीबोटमा दुर्घटना भएको हो ।

janta samachar

प्रतिक्रिया दिनुहोस