आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आगलागीबाट ३ महिने शिशुसहित ७ बालबालिकाको मृत्यु

AuthorAP Khabar२०७५ फागुन ८, बुधबार (५ साल अघि) २९८ पाठक संख्या

क्यानडाको एट्लान्टिक तटमा भएको एक घरमा आगलागी हुँदा एकै परिवारका ७ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिनादेखि किशोर उमेर समुहका बालबालिका थिए ।

आगलागीमै परि अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेहरु सबै सिरियाली शरणार्थी बालबालिका रहेको क्यानडाको समाचार संस्गा सिबिसीले जनाएको छ । आफ्ना सन्तानलाई बचाउनको लागि पिता एबरहेम बरहोसले प्रयास गरेपनि त्यो असफल रह्यो ।

बरहोस परिवार सिरियामा भएको युद्धबाट भागेर क्यानडा पुगेका थिए । आगो के कति कारणले लागेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

janta samkachar

प्रतिक्रिया दिनुहोस