आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुर्घटनामा गम्भीर घाइते भएका प्रशिक्षक बर्देवाको मृत्यु

AuthorAP Khabar२०७५ फागुन ८, बुधबार (५ साल अघि) ५२६ पाठक संख्या

सदरमुकाम फुङलिङमा मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनाका गम्भिर घाईते पाथिभरा याङ्वरक गाउँपालिका –१ नाङ्खोल्याङका २६ वर्षीय अमिर बर्देवाको मृत्यु भएको छ ।

ताप्लेजुङ अस्पतालमा उपचार हुन नसकेपछि रेफर गरिएकोमा पाँचथरमा पुगेपछि मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

सो दुर्घटनामा इलामको देउमाई नगरपालिका– १ की २२ वर्षीया सृजना गुरुङको घटनास्थल मै मृत्यूभएको थियो । फुङलिङ बजारस्थित तमोर एफएम छेउवाट मेची राजमार्गतर्फ जाने क्रममा ना२१प ५६२८ को मोटरसाइकल सडकबाट मेची राजमार्गमा खसेर दुर्घटना भएको थियो ।

मृतक गुरुङ सिचाई डिभिजन कार्यालय ताप्लेजुङकी सामाजिक परिचालक हुन् भने बर्देवा नृत्य प्रशिक्षक हुन् । तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख थापाले बताउनुभयो ।

janta samachar

प्रतिक्रिया दिनुहोस