आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चोरीको गाडी चढ्दै राजस्वका हाकिम

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ४२६ पाठक संख्या

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन बिसीले चोरीको गाडीमा नक्कली नम्बर प्लेट राखेर चढ्दै आएका छन् । राजस्व कार्यालयमा बुझाइएका चोरीका तीनवटा गाडी केही अघिसम्म एउटै नम्बर प्लेट राखेर चलाउने गरिएको थियो ।

कार्यालयको हाताभित्रै तीनवटा गाडीमा एउटै नम्बर प्लेट प्रयोग गरिएको समाचार तस्बिरसहित प्रकाशित भएपछि दुईवटा गाडी सरकारीकरण गरेर काठमाडौं पठाइएको थियो । बाँकी रहेको सुजुकी ब्रान्डको गाडीमा बिसीले ना.२ख ९५१० नम्बरको नक्कली नम्बर प्लेट राखेर चलाउँदै आएका हुन् ।

सोमबार बाराको पथलैयामा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयकी प्रमुख किरण वज्राचार्यको बिदाइ कार्यक्रममा उनी सोही गाडी चढेर पुगेका थिए । यातायात व्यवस्था कार्यालय वीरगन्जको रेकर्डअनुसार बिसीले प्रयोग गरेको ना.२च ९५१० नम्बरमा ‘महिन्द्रा कम्पनीको डबल क्याप पिकअप’ गाडी दर्ता रहेको छ ।

उनले अहिले चढेको सो गाडी १३ भदौमा पथलैया चेकपोस्टबाट बरामद भएको थियो । चितवन प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक बुद्धि चौधरीले चलाएर वीरगन्जबाट चितवनतर्फ लगिरहेका वेला राजस्व अनुसन्धान कार्यालय पथलैयाको चेकपोस्टले पक्राउ गरी जाँच गर्दा चोरीको गाडी भएको प्रमाणित भएको थियो । प्रहरीले पक्राउ गर्दा सो गाडीमा युपी १३ बिबी ७२६० नम्बरको प्लेट लगाइएको थियो ।

नियमानुसार त्यस्तो गाडी लिलाम गर्नुपर्नेमा कार्यालय प्रमुख बिसीले नक्कली नम्बर प्लेट लगाएर आफैँ चढ्दै आएका हुन् ।

naya patrika

प्रतिक्रिया दिनुहोस