आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२७३ किलो चरेससहित मकवानपुरबाट दुई पक्राउ

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ३८६ पाठक संख्या

मकवानपुर प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

कैलाश गाउँपालिका–१ डाँडाखर्कको बोल्ने लेकबाट २७३ किलो चरेशसहित सोही ठाउँका ४३ वर्षीय चन्द्रबहादुर घलान र धादिङ गजुरी गाउँपालिका–८ किरानचोकका ३६ वर्षीय पशुपती भनिने जीवन तामाङलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।प्रहरीले उनीहरुको साथबाट २६७ पोकामा रहेको चरेश र घलानको गोठमा चरेश बनाउनका लागि तयारी अवस्थामा राखिएको ५ वटा बोराको ११० किलो गाजाको धुलो बरामद गरिएको उनले बताए । बरामद भएको लागूऔषध चरेशको नेपाली बजारको मूल्य एक करोड मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कानून अनुसार दुई वर्ष कैद र १५ देखि एक लाख रुपैयाँसम्म जरीवाना हुनसक्ने प्रहरी उपरीक्षक सिंहले बताए ।

narayanionline

प्रतिक्रिया दिनुहोस