आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अश्लिल भिडियो सार्वजनिक भएका बाराका एक वडाअध्यक्षलाई बर्खास्त गर्न माग

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ४५३ पाठक संख्या

केहि समय अघि बाराका एकजना वडाअध्यक्षको आपत्तीजनक भिडियो सार्वजनिक भएको घटनालाई लिएर उनको बर्खास्तीको माग गरिएको छ ।
जिल्लाको पर्सौनी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वैजु गुप्ताले वडा विकासको रकम दुरुपयोग गरी यौनजन्य कृयाकलाप गरिरहेको भन्दै स्थानीय विनोद पटेलको नेतृत्वमा रहेको समितिले उनको बर्खास्तीको माग गर्दै बुधबार गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित वडा अध्यक्ष गुप्ताले एकजना युवतीसंग एउटा बन्द कोठामा यौनजन्य कृयाकलाप गरेको भिडियो केहि समय यता बारामा चर्चामा छ । सोही भिडियोलाई लिएर उनीमाथी कारवाहीको माग गर्दै स्थानीय वडाबासीले पटक–पटक पार्टी तथा गाउँपालिकामा समेत निवेदन दिइसकेका छन् ।
हेडलाईन खबरसंगको कुराकानीमा वडा अध्यक्ष गुप्ताले आफ्नो चरित्र हत्याका लागि केहि मानिसले सुनियोजित रुपमा षडयन्त्र गरि युवतीको प्रयोग गरेको बताए । बन्द कोठामा खिचिएको भिडियो स्वयं यूवतिले खिचेजस्तो देखिएको छ । तरपनि उनले आफ्नो भिडियोका विषयमा सार्वजनिक रुपमा आत्म आलोचना भने गरेका छैनन् ।

हेडलाईनसंगको कुराकानीमा आँफूबाट गल्ती भएको स्विकार्दै उनले उक्त भिडियो आँफू वडा अध्यक्ष निर्वाचित हुनुभन्दा अघिकै भिडियो भएको दावी गरे ।

वडा अध्यक्ष गुप्ताको उक्त अश्लिल भिडियो सामाजिक सञ्जालहरुको इन्बक्स मार्फत भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस